Monday, August 19, 2019
Home Blog

दुवै हात नभएका सुदर्शन गौतम विरुद्ध रेडनोटिस जारी !

काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । गौतम दुई वर्ष अघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । अब रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको...

शिखर वार्ताको लागी किम रसियामा !

बीबीसी । उत्तर कोरियाका नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले जनाए अनुसार उनी निजी रेल चढेर त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको यो पुटिनसँग पहिलो औपचारिक वार्ता हुन लागेको हो । रुसी राष्ट्रपतिको कार्यालयले दुवै शीर्षस्थ नेताबीच बिहीबार भ्लादिभोस्तक शहरमा वार्ता हुने जनाएकोछ । उनीहरुबीच...

जाम कम गर्न राष्ट्रपतिको सवारी रुट परिवर्तन !

काठ्मांडौ ११ बैशाख। राष्ट्रपतिले राजकीय भ्रमण गर्दा प्रयोग हुँदै आएको साविकको सवारी रुट फेरिएको छ । लामो रुट प्रयोग गर्दा लामो समय काठमाडौँ उपत्यकाको सवारी जाम हुने तथा सर्वसाधारणले अनावश्यक हैरानी बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्रालयले राष्ट्रपतिको राजकीय भ्रमण रुट परिवर्तन गरेको जनाएको छ । यसअघि राजकीय भ्रमण गर्दा लामो रुट प्रयोग गर्ने गरिएकोमा सर्वसाधारणले पाउने सास्तीलाई ख्याल गर्दै यसपटक छोटो...

पथरीमा स्थानीयको व्यापक प्रदर्शन-रीना बस्नेत प्रकरण

पथरी- शनिवार बिहान मोरङको पथरी शनिश्चरेमा मृत भेटिएकी २९ वर्षीया व्यवसायी रुपा (रिना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरेको स्थानीयले सोमवार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएका थिए । थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनुपर्ने माग राख्दै पथरी...

आमाको आशिर्वाद लिएर मोदीले गरे मतदान !

नयाँ दिल्ली, १० बैशाख । भारतमा लोकसभा निर्वाचन अन्तरगत तेस्रो चरणको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका छन्। तेस्रो चरणमा मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गान्धी नगर जस्ता विशेष सिट रहेका छन् । वायनाडबाट कांग्रेस अध्यक्ष राहुल गान्धी र गान्धीनगरबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा मतदान गरेका...

३८ टन हो कि क्विन्टल सुन तस्करीको प्वाल झप्पै बन्द गरिदिएको छ: प्रधानमन्त्री ओली (पुर्न भिडियो सहित)

काठमाडौं, वैशाख, । जिल्ला पदाधिकारी चयनका सकस पास लगाएको भोलिपल्ट ७० औं स्थापना दिवस बनाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरे । भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए । सुनकाण्डमा सरकार सफल भएको भन्दै...

श्रीलंकामा संकटकालको घोषणा, अहिलेसम्म मृत्यु हुने तीन सय १० !

बीबीसी । श्रीलंकामा गत आइतबार चर्च र होटलहरुमा भएका आठ वटा श्रृंखलावद्ध बम विष्फोटमा परी मृत्यु हुनेको संख्या तीन सय १० पुगेको छ । प्रहरीले विष्फोटमा परी पाँच सय मानिसहरु घाइते भएका जनाएको छ । श्रीलंकाका सरकारी अधिकारीहरुले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा बम विष्फोट गराइएको दाबी गरिरहेका छन् । सरकारले विष्फोटमा नेशनल तौहीद जमात नामक स्थानीय चरमपन्थी समूहको हात रहेको बताइरहेको...

७५३ क्षतिग्रस्त सम्पदा मध्य कति वटाको सम्पन्न भयो पुनर्निमाण …

काठमाडौं । भुकम्पबाट प्रभावित १४ जिल्लाको ७ सय ५३ वटा सम्पदा क्षति भएको छ । यी सम्पदा पाँच वर्षभित्रमा बनाइसक्नुपर्नेमा भूकम्प गएको यही वैशाख १२ गते चार वर्ष पूरा हुँदै छ । सरकारले यो अवधिमा जम्मा २२४ वटा मात्रै सम्पदा पुनर्निमाण सम्पन्न गरेको छ । अब दुई वर्षभित्रै सबै सम्पदा बनाइसक्ने घोषणा गरेको छ । विगत ४ वर्षको प्रगतिको...

जात्रै जात्रा चलचित्रको “जीवन जात्रा हो ” भन्ने गीत सार्वजनिक (भिडियो सहित) !

काठमाडौं । जेठ ३ मा रिलिज हुने तयारीमा रहेको प्रतिक्षित चलचित्र जात्राको को सिक्वल ‘जात्रै जात्राको" नयाँ गीत रिलिज भएको छ । जीवन जात्रा हो’ बोलको गीतमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा फिचर्ड छन् । काली प्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको उक्त गीतलाई अर्जुन भट्टराईले लेखेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । ‘जात्राको सिक्वल...

भोलि पार्टी एकताको टुंगो लाग्छः प्रचण्ड

वैशाख ८ गते। एकता प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालका अनुसार आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ। त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताए। नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागी हुन आउनुअघि...