दुवै हात नभएका सुदर्शन गौतम विरुद्ध रेडनोटिस जारी !

    0
    135

    काठमाडौं । नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका सुदर्शन गौतमविरुद्ध रेडनोटिस जारी भएको छ । गौतम दुई वर्ष अघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । झण्डै साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको हो । अब रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

    उनले रेखा थापाले निर्माण गरेको ‘हिम्मतवाली’ नामक फिल्ममा अभिनय पनि गरेका थिए । फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो । हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका पुर्याउने योजना रहेको भएपनि उनीहरु सवार पानीजहाज बिग्रिएर बहामास भन्ने देशमा पुगेपछि पानीजहाज त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो ।

    पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो ।

    अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरी उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार समेत गरेको थियो ।

    दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए । उनी क्यानाडाका पी. आर. होल्डर हुन ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here