पथरीमा स्थानीयको व्यापक प्रदर्शन-रीना बस्नेत प्रकरण

0
123

पथरी- शनिवार बिहान मोरङको पथरी शनिश्चरेमा मृत भेटिएकी २९ वर्षीया व्यवसायी रुपा (रिना) बस्नेतको घटनाको वास्तविकता सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरेको स्थानीयले सोमवार संघर्ष समिति गठन गर्दै चक्काजाम फिर्ता लिएका थिए ।

थप संघर्षका कार्यक्रम घोषणा गर्दै उद्योग वाणिज्य संघ पथरीकी पूर्व वरिष्ठ उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर दाेषी पत्ता लगाउनुपर्ने माग राख्दै पथरी बजारवासी आन्दाेलित भएका हुन् । यसैबीच प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।  सडकमा टायर बालेर उनीहरूले नाराबाजी समेत गरेका छन् । विरोधका कारण पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाँईको राजीनामा समेत माग गरेका छन् । आक्रोशित भिडले हत्यारालाई कारवाही, शान्ति सुरक्षा कायम, प्रहरी प्रशासन मुर्दावाद लगायतका नाराबाजी गरेका छन् ।

शुक्रवार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही नगरेको भन्दै पथरी बजार अशान्त बनेको हो ।

प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजीसहित राजमार्ग बन्द गरेका हुन् । आन्दाेलनरत पक्षले पथरी नगरपालिकाका मेयर र उपमेयरलाई कार्यालयबाट निकाल्दै आन्दाेनलमा हाेमिन आग्रह गरेका छन् ।  मेयर दिलिप राई र उपमेयर यमुना विष्टले कार्यालय परिसरमै आन्दाेलनलाई सम्बाेधन गरेका छन् । पथरीमा यातायत तथा पसलहरू बन्द गराएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here