आमाको आशिर्वाद लिएर मोदीले गरे मतदान !

0
104

नयाँ दिल्ली, १० बैशाख । भारतमा लोकसभा निर्वाचन अन्तरगत तेस्रो चरणको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले भोट हालेका छन्।

तेस्रो चरणमा मैनपुरी, पीलीभीत, रामपुर, मधेपुरा, मालदा उत्तर, वायनाड र गान्धी नगर जस्ता विशेष सिट रहेका छन् । वायनाडबाट कांग्रेस अध्यक्ष राहुल गान्धी र गान्धीनगरबाट सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाह चुनाव लडिरहेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा मतदान गरेका छन् । यसअघि उनी आमा हीराबेनसँग आशिर्वाद लिन गान्धीनगर पुगेका थिए । आमा हीराबेनले मदतान अगाडि प्रधानमन्त्री मोदीको मुख मिठो पारेकी थिइन् । भोट हालेपछि प्रधानमन्त्री मोदीले आतंकवादको अस्त्र आइइडी भए पनि लोकतन्त्रको अस्त्र मतदाता परिचयपत्र भएको बताए। मोदीले भने,’आतंकवादको अस्त्र आइइडी भए पनि लोकतन्त्रको अस्त्र मतदाता परिचयपत्र हो। यो अस्त्र आइइडी भन्दा धेरै गुणा शक्तिशाली हुन्छ भन्ने मलाई विश्वास छ। त्यसैले हामीले मतदाता परिचयपत्रको महत्व बुझेर धेरै भन्दा धेरै भोट खसालौं।’

१३ राज्य र २ केन्द्र शासित प्रदेशका १ सय १७ सीटका लागि तेस्रो चरणको चुनाव हुँदैछ। ती सिटमा १ हजार ६ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसमा ३ सय १४ जना राष्ट्रिय दलबाट चुनाव उठेका छन्। ७६ क्षेत्रीय दलबाट, ४ सय९२ जना मान्यता नपाएका दल र ७ सय १२ जना स्वतन्त्र उम्मेदवार छन्।

प्रतिवेदनअनुसार चुनावी मैदानमा उत्रिएका २५ प्रतिशत उमेदवार करोडपति छन् । तेस्रो चरणका उमेदवारको औसत सम्पत्ति झण्डै तीन करोड रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here