३८ टन हो कि क्विन्टल सुन तस्करीको प्वाल झप्पै बन्द गरिदिएको छ: प्रधानमन्त्री ओली (पुर्न भिडियो सहित)

0
133

काठमाडौं, वैशाख, । जिल्ला पदाधिकारी चयनका सकस पास लगाएको भोलिपल्ट ७० औं स्थापना दिवस बनाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् ।

उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरे ।

भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए । सुनकाण्डमा सरकार सफल भएको भन्दै उनले भने, कानमा दुई लालको फुली लगाउन पाएको हुँदैन, चार आनाको औठो लगाउन पाएको हुँदैन । ३८ टन हो कि क्विन्टल ।’

आफ्नो सरकारले त्यो तस्करीको प्वाल झप्पै बन्द गरिदिएको उनले बताए । त्यसपछि भनियो, खोइ सुन ? त्यसबेलाका (सरकार) ले थाहा पाउनु पर्ने हो । हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ । अब सुनको तस्करी हुँदैन, चल्दैन ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here