भोलि पार्टी एकताको टुंगो लाग्छः प्रचण्ड

0
92

वैशाख ८ गते। एकता प्रक्रिया टुङ्ग्याउन नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार साँझ बस्ने भएको छ। अध्यक्ष पुष्पकमल दाहालका अनुसार आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको छ। त्यसअघि साँझ ५ बजे दुई अध्यक्ष बसेर छलफल गर्ने दाहालले बताए। नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि प्रचण्डले दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए । उनले दुई जनाको नाम भने लिएनन्।

यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललेबीच बालुवाटारमा छलफल भएको थियो। दाहालले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने बताए। उनले नेतृत्व चयनमा अनुहार नहेरिने बताए।

‘अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन। सिद्धान्त तोकेर निर्णय गर्छौं,’ दाहालले भने,‘अब एकता टुंगियो। पार्टी केन्द्रको तर्फबाट कार्यक्रम राखेका छौं। सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ। दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम छ।’

पार्टी सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार हुने प्रचण्डले बताए । ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here