श्रीलङ्काको चर्च र होटलमा श्रृङ्खलाबद्ध बिस्फोटः कम्तिमा २५ को मृत्यु, २०० बढी घाइते

0
103

बैशाख: श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन्। श्रीलङ्काली मिडिया रिपोर्ट अनुसार २५ बढीको मृत्यु भएको छ भने दुई सय बढी घाइते भएका छन् । कोलम्बो नेशनल हस्पिटल प्रशासनले ८० जना घाइते भएको पुष्टि गरेको छ ।

स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो। स्रोतका अनुसार एक बिस्फोट कोलोम्बोको कोछिकडे शहरस्थित सेन्ट एन्थनी चर्च । यो चर्चमा हज्जारौं मानिस इस्टरको प्रार्थनाका लागि जम्मा भएका थिए । साथै, दोस्रो बिस्फोट नेगोम्बोको कतुवपितियाको एउटा चर्चमा भयो ।

लगभग उस्तै समयमा दुई ओटा पाँचतारे होटलमा पनि बिस्फोट भएको जनाइएको छ। राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बिस्फोट भएको हो। प्रहरीले विभिन्न ६ ठाउँमा एक साथ बिस्फोट भएको जनाएको छ।

बिस्फोटबाट परी ज्यान गुमाउने र घाइते हुनेमा विदेशी पर्यटक पनि रहेको बताइएको छ।

घटनास्थलमा उद्दारकार्य जारी छ । अहिलेसमम यो हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

ईस्टर सन्डे इसाई धर्मको प्रमुख पर्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here