प्रमुख प्रतिपक्ष दल काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने !

0
110

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल काँग्रेसले राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले केही दिनअघि पोखरामा भएको एक कार्यक्रमा पार्टीले नयाँ वर्षको सुरुबाटै सङ्गठन सुधारका लागि जागरण अभियान चलाउने बताएका थिए । पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राष्ट्रिय जागरण अभियानको घोषणा गर्न लागेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

काँग्रेसमा नेताहरुबीच पदीय भागबण्डामा किचलो देखिएपछि नेता कार्यकर्ता निराश भएको भन्दै नेतृत्वको चर्को आलोचना हुनुका साथै कार्यकर्ता तहमा नैराश्यता बढेको छ ।

काँग्रेस नेताहरुका अनुसार जागरण अभियान तीन चरणमा हुनेछ । पहिलो चरणको अभियान वैशाख ११ गते सुरु गर्ने तयारी छ ।

जागरण अभियान अन्र्तगत पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम पनि चलाउने भएको छ । अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा लैजाने योजना काँग्रेसको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here