नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत- यु–१९ विश्वकप एसिया छनोट

0
133

काठमाडौं बैशाख ३ गते– आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले ओमानी यु–१९ टिमलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको एसटीसी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि २ सय २९ रन बनाउन कप्तान रोहित कुमार पौडेलले ७५ रन बनाए । उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै ओमानविरुद्ध लक्ष्य लम्बाएका थिए । उनले २३ बलमा ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै, अर्का ब्याट्सम्यान भीम सार्कीले ३९ रन, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालविरुद्ध ओमानका मुजहिर राजा, संजय रविन्द्र, जेल तान र अजाम अलिले समान दुई–दुई विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here