संसद् बैठक बस्दै, संसद चल्न नदिने राजपाको तयारी

0
188

काठमाडौं, ४ चैत्र । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण लगायतका विषयमा छलफल गर्न आज प्रतिनिधि सभा बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै एक बजेका लागि बोलाईएको छ ।

कैलालीको टीकापुरलगायत तराईं–मधेसमा भएका आन्दोलनका घटनाको सम्बन्धमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग राख्दै राजपा नेपालले पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने जनाएको छ ।

राजपाले टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाको अडान कायमै छ । यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो ।

प्रतिनिधि बैठकले विकास सम्बन्धी विधेयक, प्रहरी समायोजन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र भूमि सम्बन्धी आठौं संशोधन विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन सहित प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here