भूकम्पको धक्का, पराकम्प नभएर नयाँ

0
102

काठमाडौं, ४ चैत्र । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा आज विहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर १ मिनेटमा  मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर  गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

०७२ को  भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । तर सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here