गायक दिनेश क्षेत्रीको गित “केसरी” सार्वजनिक (भिडियो सहित )

0
223

काठमाडौँ, ४ चैत्र  । तिर्सना म्युजिक प्रा.ली .ले बजार ब्यबस्थापन गरेको तथा लोकप्रिय गायीका बिष्णु माझी र दिनेश क्षेत्रीको स्वरमा “केसरी”बोलको लोक दोहीरी गीत सार्वजनिक भएको छ। उक्त गीतकी शर्जक साबित्रा चिलुवाल हुन भने संगीतकार दिनेश क्षेत्री र सुनिल बि.सी हुन।

पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा निकै उत्कृष्ट लोक दोहोरी गीतहरु आइरहेका बेला बजारमा बिष्णु माझी र  युवा गायक दिनेश क्षेत्रीको स्वरमा उक्त गित सुन्दा खेरिनै नाचौं नाच्चौ लाग्नेछ।

गीत जस्तै गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट रहेको छ उक्त उत्कृष्ट भिडियोमा रामजि खाँड र अनु पराजुलीको छमछमी नृत्य देख्न सकिन्छ भने गीतको भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन छायांकन दुर्जा पौडेल र सम्पादन बिष्णु शर्माले गरेका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here