अभिनेत्री वर्षाको गुनासो

0
111

काठमाडौं, ४ चैत्र । अभिनेत्री वर्षा शिवाकोटीले आफूलाई सञ्चारमाध्यामा तथा अन्य केही चलचचित्रकर्मीले साथ नदिएको भन्दै गुनासो पोखेकी छन् । आफ्नो चलचित्र प्रदर्शनमा आउँदा सञ्चारमाध्यमले साथ नदिएको उनको गुनासो गरेकी हुन् ।
गत शुक्रबारबाट वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रदर्शनमा आएको छ । उक्त चलचित्रको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा सञ्चारमाध्यामबाट आफूलाई साथ नमिलेको बताएकी छन् ।

शनिबार दर्शकसँगै बसेर राजधानीको कुमारी हलमा चलचित्र हेरेकी वर्षाले सञ्चारकर्मीसँग कुरा गर्दै केही सञ्चारमाध्याम चर्चित सेलिब्रेटीहरूको पछि लागेको आरोप लगाइन् । साथै उनले सञ्चारमाध्यामले चलचित्रको विषयभन्दा सेलिब्रेटीका अन्य विषयलाई स्थान दिएको बताउँछिन् । ‘शुक्रबारबाट आएका चलचित्रका विषयमा समाचार आएनन् तर सेलिब्रेटीका व्यक्तिगत कुरा एकपछि अर्को समाचार आइरहेका वर्षाको भनाइ छ । अभिनेत्री शिवाकोटीले सञ्चारमाध्यमले कुनै कलाकारलाई च्याप्ने र कसैलाई फ्याँक्ने गरेको आरोप समेत लगाएकी छन् ।

वर्षाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोख्दै यस्तो लेखेकी थिइन् । ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म कुनै हिट ब्यानरको रेगुलर मेम्मर, न म कुनै युट्युव च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचर बनाउन निरन्तर एक्लो लागिराको विचारा, सो कल्ड रिजर्भ आर्टिष्ट । अनि हलसम्म मेरा लागि किन जाने ? वेष्ट फर टाइम, फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभी ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here