स्पेनस लिगमा बार्सिलोनाको सहज जित

0
109

काठमाडौं, ४ चैत्र । स्पेनिस लिग फुटबल प्रतियोगिता खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले शीर्ष स्थान जित निकाल्दै रियाल बेटिसलाई ४–१ ले हराएको हो ।

रियाल बेटिसको मैदानमा बार्सालाई सहज जित दिलाउन कप्तान लियोनल मेसीले ह्याट्रिक गरे । उसका लागि लुइस सुवारेजले अर्को एक गोल थपे । घरेलु टोली रियाल बेटिसका लोरेन मोरोनले एक सान्त्वना गोल फर्काए । आइतबार रातिका खेलहरुसँगै स्पेनिस लिग फुटबलमा बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ ।

ला लिगा फुटबलका अन्य खेलहरुमा सेभियाले इस्पानियोललाई १–० ले हराउँदा भियारियालले रायो भायकानोमाथि ३–१ को जित निकाल्यो ।

रियाल भालाडोलिडले आइबारलाई २–१ ले हराउँदा गेटाफे र भ्यालेन्सियाले गोलरहित बराबरी खेलेका छन् ।
समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको रियाल मड्रिडको ५४ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here