भारतमा लोकसभा चुनावको तरंग

0
181

नयाँ दिल्ली, ४ चैत्र । आगामि अप्रित ११ देखी मे १९ सम्म हुन लागेको लोक सभाको मतपरिणम आफ्नो पक्षमा पार्न भारतमा क्रियाशिल राजनितिक दल तिव्र तयारीमा जुटेका छन् । दलहरु गठबन्धन निर्माण, उम्मेदवार छनोट र चुनावी सभामा सक्रिय भएको देखिन्छ । विभिन्न ७ चरणमा लोक सभा चुनाव हुदै छ ।

सत्तमरुढ दल भारतीय जनता पर्टी (भाजपा) ले आइतबार प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक गरेको छ भने मुख्य विपक्षी दल भारतीय कांग्रेसले चार चरणमा उम्मेदवारको सूची जारी गरिसकेको छ ।

मुख्य विपक्षी दल भारतीय काँग्रेसले फरक राज्यमा फरक दलसँग गठबन्धन गरेर सत्तापक्ष दल भाजपालाई चुनौती दिने रणनिती बनाएको छ भने सत्ता पक्ष दल भाजपा पनि त्यतिकै तयारीमा जुटेको छ । भाजपाका नेता तथा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले “चौकीदार नरेन्द्र मोदी” लगाएतका नारा अघि सारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here