कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै

0
111

काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसले शिर्ष नेताहरुको बैठक आज बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट पक्ष बैठकमा सहभागी नहुने सम्भावना देखिएको छ ।  आइतबार सभापति  देउवानिवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

पार्टीमा चुलिएको असन्तुष्टि साम्य पार्नुको साथै देशको वस्तुस्थिति, सरकार, संसद र सरकारले ल्याएका विधेयकहरुका बारेमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको थियो । तर, बैठकमा नेताहरुबीच कुरा नमिलेको जनाइएको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीसहित सभापति  देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा सोमबार बस्ने केन्द्रीय समितिभन्दा अघि समस्याको हल खोज्ने सहमति भएको जनाइउकाृ छ । सभापति देउवा समूह र असन्तुष्ट समूहबीच अनुशासन समिति र निर्वाचन समिति गठन प्रक्रियामा विवाद छ ।

बैठकमा सहभागी नेताहरु पार्टीको केन्द्रीय कार्यसमिति बैठक सुचारु गर्ने र पार्टीको छविमा आघात नपुग्ने गरी अगाडि बढ्नु पर्ने पक्षमा भने देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here