दाहाल पत्नी सहित अमेरीका प्रस्थान गर्दै

0
149

टाइम सम्वाददाता
काठमाडौं, चैत्र ३ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल सहित अमेरीका प्रस्थान गर्दैछन् जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

सीता पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको हो ।

यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर उनको स्वास्थ्यमा केही पनि सुधार नआएको छोरी गंगाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here