कम्प्युटर देख्नै नपाई परिक्षा

0
104

काठमाडौं, ३ चैत्र । अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुले कम्प्युटर देख्नै नपाइ कम्प्युटर विषयको परिक्षा दिन बाध्य छन् । दुर दराजका विद्यालयमा नियमित कम्प्युटर विषयको पढाइ भएपनि विभिन्न कारणले विद्यार्थीहरुले कम्प्युटर देख्न पाएका छैनन् ।

शिक्षकले पनि कालोपाटीमा कम्प्युटरको चित्र कोर्छन् । यस्तो उस्तो हुन्छ भनेर पढाउँछन् । कक्षामा कम्प्युटर त शिक्षकले पनि छुन पाउँदैनन् । किनकि कतिपय विद्यालयहरुमा कम्प्युटर नै हुँदैनन् । भएका विद्यालयमा पनि विद्युतका कारण चलाउन पाउदैनन् ।

सरकारले कक्षा ६ देखि ८ सम्म एक सय पूर्णांकको मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय राख्न सकिने गरी साप्ताहिक रूपमा पाँच पाठ्यभार छुट्याएको छ । यो विद्यालयले ऐच्छिक विषयका रूपमा एक सय पूर्णांकको कम्प्युटर विषय पढाउने गरेको हो । तर, कम्प्युटर नहुँदा विद्यार्थीले पुस्तक पढेकै भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेका छन् ।
अहिले आधारभूत तह शिक्षासम्बन्धी सबै जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here