पुग्न सकेन स्थानिय तहमा वित्तीय पहुँच

0
168

काठमाण्डौ, ३ चैत्र । सरकारले सबै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको भएपनि अझै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार हुन सकेका छैनन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा र्पुयाई वित्तीय पहुँच र्पुयाउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ ।

देशभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् ।

चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा र्पुयाएर वित्तीय पहुँच र्पुयाउने लक्ष्य राखिएको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् ।

त्यस्ता शाखा सङ्ख्या गएको असार मसान्तमा छ हजार ६५१ रहेका थिए । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् ।

यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here