२०७६ सालमा १५ दिन सार्वजनिक विदा

0
174

काठमाडौं, २ चैत्र । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालमा १५ दिन विदा दिएको छ ।

शुक्रबार सार्वजिक गरिएको सूचना अनुसा देशै विदा फूलपाती देखि एकादशी (असोज १८ देखी २२)सम्म ५ दिन हुने छ । मधेसमा कात्तिक १६ गते छठ पर्वको विदा हुनेछ । कात्तिक महिनामा तिहारका तीन दिन विदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ ।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन १ गते र विश्व मजदुर दिवस१८ गते बुधबार देशभर सार्वजनिक विदा दिइएको छ । असोज ३ गते संविधन दिवस फागुन ९ गते महाशिवरात्री र फागुन २५ गते अन्तर्रा्ष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ । त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गतेसार्वजनिक विदा दिइएको छ ।

महिला कर्मचारीहरुलाई भदौ १६ गते तीजका दिन सार्वजनिक विदा दिइएको छ । भने जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते पनि विदा पाउनेछन् ।त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते अन्तर्रा्ष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ । शिक्षण संस्थाहरुमा माघ १६ गते श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ ।

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि साउन ३१ गते गाईजात्रा, भदौ २७ गते इन्द्रजात्रा, चैत ११ गते घोडेजात्रा र मत्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिइएको छ । कात्तिक २५ गते सोमबार फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व – चण्डी पूर्णिमा (वैशाख पूर्णिमा)का दिन जेठ ४ गते विदा पाउनेछन् । किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवस (मंसिर पूर्णिमा, धान्य पूर्णिमा) का दिन मंसिर २६ गते सार्वानकि विदा दिइएको छ । गौरा पर्वका दिन भदौ ६ गते विदा हुनेछ ।
इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा) का दिन विदा पाउनेछन् । इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते विदा हुनेछ ।

गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते माघे संक्रान्तिमा माघ १ गते थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ । तामाङ समुदायले माघ ११ गते सोनम ल्होसारमा विदा पाउनेछन् । हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते विदा पाउनेछन् ।

त्यस्तै निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरुले सार्वजनिक बिदाका दिनमा समेत काम गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक विदाका दिन कम गरेबापत सट्टा बिदा पाउने राजपत्रमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here