इनरुवामा माछा जोन कार्यक्रम सुरु

0
112

इनरुवा, १ चैत्र । इनरुवाका कृषि फर्मलाइ माछा जोन शुरुवात गरिएने भएको छ । पोखरीका माछा आफैं मारेर खान मिल्ने छ ।

सुनसरीको इनरुवा–७ चाँदबेला स्थित इनरुवा कृषि फार्ममा पाछाका भुरा फालेर इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उद्घाटन गरेका हुन ।

माछामा आत्मनिर्भर मात्रै नभएर इनरुवाको चाँदबेलामा फिसिङको व्यवस्थासहितको कटेज लगायतका संरचना निर्माण गर्न लागिएको छ ।

दुहवी इनरुवा सडक–खण्ड अन्तर्गत गडन खोला छेउको करिब ७ बिगाह क्षेत्रफलमा माछा पालनका लागि दर्जनबढी पोखरी निर्माण गरिएको छ ।

स्थानीय रमेश कटवाल,राम पौडेल र भरत मेहताले उक्त फार्म संचालनमा ल्याएका हुन् ।

फार्ममा अझै पनि पोखरी निर्माणको काम जारी छ । माछा उत्पादन सुरु भएसँगै फार्म क्षेत्रमा कटेजसमेत खोलिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here