दोलखाको नयाँबाटोमा बस दुर्घटना, दुई जनाको मृत्यु, २३ घाइते

0
101
सांकेतिक फोटो

जिरी, १ चैत्र । दोलखाको नायाँबाटोमा यात्रुबाहाक कामदार बोकेको बस दुर्घटनाहुँदा दुइजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको छन् ।

दुर्घटनामा मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसले जनाएको छ ।

दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका कामदार बोकेको बा.४ख ४५७३ नंको बस बस विगु गाउँपालिका–१ को नयाँ बाटोमा दुर्घटना भएको थियो । छ्योत्छ्योतस्थित चिनियाँ क्याम्पबाट गएका करीब ३० कामदार रहेको जनाइएको छ । नयाँ बाटो लुप सेभेन (सात घुम्ती) मा दुर्घटना भएको जनाइएको छ ।

घाइतेको दोलखाको सिङ्गटीस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here