रेलसेवा सञ्चालन गर्ने सरकारको तयारी

0
72

धनुषा, फागुन ३० । देशको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ नेपाल सरकारले नयाँवर्षदेखि सञ्चालन गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा जनकपुर–जयनगरमा रेल सन्चालनको तयारी गरेको विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सन्चालन कार्य्विधि निर्माणको काम सुरु गरेको हो ।

रेल सन्चालनका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया पनि सुरु गरेको रेल विभागले जनाएको छ ।
सो मार्गमा निर्माण हुने सात स्टेसनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको मिश्रको भनाइ छ । प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने तायारी भएको छ ।

विभागले सो मार्गमा रेल सन्चालनका लागि भारतबाट दुई रेल खरिद गर्ने जनाएको छ । रेल खरिदको प्रक्रियापनि अन्तिम चरणमा पुगिसकेको जाइएको छ ।

नेपाल रेल्वेको विघटन भएपछि सरकारले ती सम्पत्तिको संरक्षणका लागि १६ कर्मचारी खटाएपनि उनीहरूले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि कारखानामा रहेका अन्य सामग्रीसमेत चोरी भएका छन् ।
जनकपुरबाट करिब १५ किमि दूरीमा थन्क्याइएका ब्रह्मा, विष्णु, रामसीता, गोरखनाथ, पशुपतिनाथ, महावीरका नामले चिनिने इन्जिन संरक्षण अभावमा घाम र पानीले खिया लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here