गायिका सुसिला पाठकको ह्याप्पी होली गितको भिडियो सार्वजनिक

0
186

फाल्गुन ३०, काठमाण्डौ। झापा घर भइ हाल काठमाडौमा सांगीतिक यात्रामा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका शुसिला पाठक बिगत सात बर्ष देखि यो क्षेत्रलाई कर्मथलो रुपमा अंगालेकी छिन।

झट्ट हेर्दा कुनै फिलिम कि हिरोइन जस्तै देखिने पाठक पेशाले बिद्यार्थी हुन आफू अविवाहित भएको कारण पनि यो क्षेत्रमा काम गर्न सहज भएको बताउछिन । उनका चर्चित गीत हरलक्क ज्यान बड्यो, सानिलाइ , मन त नेपाली र देशै खाने गीतहरुले राम्रो प्रसंशा बटुल्न सफल भएको थियो। यसै सिलसिलामा गायिका पाठकले हालै एक गित सार्वजनिक गरेकी छिन। नजिकिदै गरेको होलि पर्व लाई लक्षित गर्दै ह्यापी होलि भन्ने गीत आफ्नो युटुब मार्फत सार्बजनिक गरेकी छिन। रुपेश बास्कोटाको सब्द तथा कम्पोजमा तयार भएको गीतमा श्रीहरि दाहाल र सुशिला पाठकको आवाज सुन्न सकिन्छ भने सुरेन्द्र बसेल र समिक्षा पोखरेल सहितका कलाकारहरुको अभिनय देख्न सकिन्छ। प्रमोद भण्डारीको कोरियोग्राफीमा तयार भएको भिडियोलाई टंक केसीले क्यामारामा कैद गरेका हुन्। उक्त भिडियोलाई सिलन लम्सालले कलर तथा सम्पादनमा साथ् दिएका हुन्। समान अधिकारीको निर्देशन रहेको यस गीतको एरेन्ज अनुप राइले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here