‘चाइनाको रेल’ गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई १,११,१११ र टिकटकलाई २२,२२२ नगद उपहार

0
126

फाल्गुन ३०, काठमाण्डौ। नेपालि तारा दोश्रो सिजनका ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत आफ्नो मन भन्ने युटुब बाट सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द हरि लम्सालको संगीत रहेको यस भिडियोमा गायक लामाले यसपटक केही फरक शैलीमा गीत तयार पारेका छन् । गीतको भिडियोमा हाँस्य कलाकार सन्दिप क्षेत्रीको संगै गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज डान्स कृउको नृत्य छ ।

भिडियोलाई सुसन प्रजापतिले क्यामरामा कैद गरेका हुन् भने उक्त भिडियोलाई संदेशजंग रानाले सम्पादन गरेका हुन्। , क्रिस्टल क्लजको कोरियोग्राफी रहेको भिडियोलाई संदिप क्षेत्री र सन्देशजंग रानाले निर्देशन गरेका हुन् ।

‘चाइनाको रेल’ बोलको गीतको कभर भिडियो तयार पार्ने व्यक्ति वा समुहमध्येबाट उत्कृष्टलाई नगद १ लाख ११ हजार १ सय ११ नगद पुरस्कारको समेत दिने घोषणा गरिएको छ साथै नेपालमै पहिलो पटक उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई २२ हजार २२२ नगदको समेतको घोषणा गरिएको छ ।अनिल केसी भिडियोका प्रस्तुतकर्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here