बादलले दिएनन् बिपल्वलाई मौका

सुधीर नेपाल

0
110

राजनितीमा कोही कसैको शत्रु वा कोही कसैको मित्र हुदैन

“तेरा जैसा यार कहाँ, कहाँ यैसा याराना” हिन्दी चलचित्र यारानाको गीत कुनै जमाना निकै चल्तीको गीत मानिन्थ्यो । साथी/साथी बिचको सम्वन्धलाई निकै भाबुकताका साथ चित्रण गरिएको छ यो गीतमा । त्यही भाबुकता नेपाली राजनितीमा देखीनु पर्ने हो तर यो सम्भव भएन् । यो गीतको सम्वन्धलाई यो लेखमा ल्याउनुको कारण अहिले साथीत्व तोडिएका दुई अति मिलनसार मित्रहरुको प्रेमलाई लिएर हो ।

यी दुई मित्र हुन् नेपाली राजनितीका उदयमान र प्रबल हस्तिहरु राम बहादुर थापा(बादल) र नेत्र बिक्रम चन्द (बिपल्व) । राजनितीको बिभिन्न धागोहरु एकै साथ बुनेका यी दुई हस्तिहरु अहिले राजनितीको रणभूमीमा छन् । एकैसाथ बुनेका धागाहरु टुक्रा टुक्रा भएर चुडिन् थालेका छन् । नेपाली राजनितीको एउटा कालखण्डको समाप्ती ०६२/०६३ को आन्दोलनले गरेको थियो । त्यो कालखण्डको समाप्तीमा मुख्य भूमीका खेलेको त्यसबेलाको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जो अहिले नेपाली राजनितीमा त्यो बेलाको नेपाल कम्युनिष्ट पार्टी(एमाले)को नामले परिचित थियो । त्यही पार्टीमा आफूलाई समाहित गरेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । कुनै बेला राजनितीमा आफनो कट्टर शत्रु मान्ने एमाले सँग मित्रलाभ गरेर नेपाली राजनितीको बागडोरमा अगाडी पुगेको माओवादीमा भूमीगत राजनितीबाट बाहिर आए सँगै यस्ता आलोचना र कटुताहरु बाहिर नआएका होइनन् ।

सुधीर नेपाल

राजनितीमा आफू बाहेक अरुलाई कहिले पनि नदेख्ने माओवादी पार्टीको भित्री राजनिती निकै उदेक लाग्दो थियो । बाहिरी रुपमा जसरी आफूलाई प्रस्तुत गरे पनि यो पार्टीको भित्री राजनिती भनेको एकआपसलाई सिद्धाउने नै रहेको थियो । यही राजनितीक संस्कारबाट हुर्किएर आएका हुन् बादल र बिप्लव । त्यही कारणले माओवादीहरु हतियारको राजनिती छोडेर मौखीक राजनितीमा आएसँगै यो पार्टीमा बिग्रहको बिउ भित्र भित्र रुपीन थालेको थियो । त्यो बिग्रहको बिउको मुख्य अंग थिए बादल र बिप्लव । सबै एकातिर हुँदा पनि यी दुईको मत सधैं एक हुन्थ्यो । यीनै दुई साथीहरु अहिले राजनितीका परम शत्रु बनेका छन् ।

शान्तिवार्ता पछिका केही समय माओवादी पार्टीका सुप्रिम कमाण्डर पुुष्पकमल दाहाल प्रचण्डको छत्रछायाँमा रमाएका यि दुई । यसरी सबिधान सभाको निर्वाचनको लागी गठित गणतन्त्र नेपालको पहिले प्रधानमंन्त्री बनेका प्रचण्डको मंन्त्रीमण्डलमा रक्षा मंन्त्रीको भूमीकामा बादल देखीएका थिए भने बिपल्व शान्तिवार्ताको कार्यलाई पहिले देखी नै बिरोध गर्दै आइरहेका थिए । उनलाई भित्री रुपमा माओवादीका आर्का थिंक ट्याङकर मोहन बैधले साथ दिएका थिए । राजनितीमा कटु आलोचनाका सूत्रधार मानिएका बैधले पछि प्रचण्डको पार्टीगत मनमौजी तन्त्र तोड्न माओवादी पार्टीलाई टुक्राएका थिए । जसका लागी उनलाई साथ दिने हस्तिहरु पनि यीनै बादल र विपल्व थिए । जनता माझको राजनितीमा भिज्न थालेका प्रचण्डलाई जसरी पनि असफल पार्ने दाउपेचमा लागेका यी हस्तिलाई सुप्रीम कमाण्डरलाई पाखा लगाउन निकै गाह्रो भयो । पार्टी भन्दा माथि अन्य केही नदेख्ने स्वभावका कारण प्रचण्डका अगाडी यिनिहरुको केही लागेन । मोहन बैधको पछि लागेका बादलले बैधको पछाडी लागेर आफनो राजनितीक भबिष्य नदेखे पछि उनी माउ पार्टीमा प्रवेश गरेका थिए । बिपल्वले युद्धको राजनिती नै अपनाए ।

यसरी माउ पार्टीमा प्रवेश गरेर अहिले बहुमत प्राप्त एकल पार्टीको नेतृत्वको गरेका के.पी ओलीको नेतृत्व सरकारमा गृह मंन्त्रीको पदमा आसिन छन् भने उनका असली मित्र बिपल्व द्धन्दको राजनितीमा लागेका छन् । देशको गृह प्रशासनको बागडोर सम्हालेका तिनै बादलले कुनै बेला आफनो घनिष्ठ मित्र रहेका बिपल्वको राजनितीक भविष्य समाप्त पार्ने दाउमा लागेका छन् । बिपल्वको पार्टीलाई प्रतिवन्ध लगाएर उनका कार्य र लडाकुहरुलाई निस्तेज पार्ने निर्णय भर्खरै मंन्त्रिमण्डले गरेको छ । राजनितीमा कोही कसैको शत्रु वा कोही कसैको मित्रु हुदैन भन्ने कुराको चरितार्थ अहिले आएर भएको छ ।
विप्लव माओवादीका ध्वंसात्मक गतिविधि बढ्दै जाँदा अब उसविरूद्ध नेपाल प्रहरीको परिचालनले मात्र पुग्दैन भन्ने निर्णयमा सरकार पुगेको देखिन्छ।

के सरकारले त्यसैका लागि वातवरण बनाउन विप्लव माओवादीमाथि प्रतिबन्धको भाषा बोलेको होर एउटा सम्भावना त्यो हुन सक्छ। त्यसो हो भने, सरकार र विप्लव माओवादी द्वन्द्व अब अर्को चरणमा प्रवेश गर्नेछ भने गृह मंन्त्री रहेका राम बहादुर थापा बादलले एक पटक सोच्नु पर्ने हो आफूले राज्यको राजनितीमा जसरी अवतरण गरेका थिए । त्यही अवतरणको मौका बिपल्वलाई पनि दिएको भएको के हुन्थ्यो । देश टुक्राउनु पर्छ मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने सिके रावत भन्दा बिपल्व राष्ट्रवादी थिए नि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here