अर्मलाकोटमा होम स्टे शुरु

0
134

कास्की,२९ फागुन । पोखरा महानगरपालिका–१६ अर्मलाकोटमा होम स्टे शुरू भएको छ । होम स्टेको मंगलवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

होम स्टे उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशभित्र प्रकृतिले दिएका अनुपम सुन्दर सम्पदालाई आर्थिक समृद्धितर्फ लगी त्यसको अधिकतम प्रयोगमार्फत आर्थिक समृद्धिसँगै संस्कृतिको जगेर्नातर्फ अघि बढ्नुपर्ने बताए । उनले प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ३ सय होम स्टे सञ्चालन गर्ने योजना बनाएको भन्दै हालसम्म २३८ होम स्टे सञ्चालनको अवस्थामा पुगेको जानकारी दिए ।

अर्मलामा स्थापना गरिएको ‘खेपना प्रतिष्ठान’द्वारा १ करोडको लागतमा निर्मित ‘खेपना स्मृति बहुउद्देश्यीय सामुदायिक तथा सांस्कृतिक भवनको समेत उनले उद्घाटन गरेका थिए । उक्त भवनमा होम स्टे सञ्चालन गरिएको छ । पहिलो चरणमा करीब १ दर्जन पाहुना बस्न मिल्ने गरी सो भवनबाटै होम स्टे शुरू गरिएको र गाउँका अन्य ५ घरमा समेत होम स्टे सञ्चालनमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here