राष्ट्रपति भण्डारीले आज ‘सिएसडब्ल्यू’मा सम्बोधन गर्ने

0
94

काठमाडौं, २८ फागुन । संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३ औँ अधिवेशनमा भाग लिन अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

महिलाको स्थितिसम्बन्धी विषयको उच्चस्तरीय बैठकमा भागलिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति सोमबार अमेरिकाको न्यूयोर्क पुगेकी हुन् ।

राष्ट्रसङ्घको प्रधान कार्यालयमा सोमबारदेखि शुरु भएको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले आज हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने्छिन् । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ । राष्ट्रपतिले समसामयिक विश्वका चुनौतीलाई सामना गर्न नारी नेतृत्वको महत्व र आवश्यकतामा केन्द्रीत रहेर मन्तव्य दिने कार्यक्रम रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here