ओली बाहिर राष्ट्रवाद भित्र तानाशाह

सुधीर नेपाल

0
132

सानै देखी अब्यवहारीक थियो । हरेक कुरालाई ठट्यौली पारामा उखान टुक्का भर्न माहिर थियो । उसमा कुराहरुलाई संवेदनशिल ढंगले सोच्ने शैली नै थिएन । प्रधानमंन्त्री के.पी ओलीका पिता मोहन प्रसाद ओलीले आफनो छोराबारे भनेको भनाई हो यो । त्यही ठिटो अहिले देशको कार्यकारी निकायको प्रमुख भएको छ । नेपाल र नेपालीको भविष्य निर्माण कार्यमा जुटेका प्रधानमंन्त्री ओली आफनै दल भित्र एउटा प्रतिपक्षीको भूमीकामा देखा पर्थे । जहिले पनि अरुलाई उडाउने र हौच्याउने उनको एक प्रकारको शैली नै भइसकेको थियो ।

सुधीर नेपाल

पार्टीलाई जहिले पनि दबाबमा राखेर मौकाको फाइदा लिन माहिर मानिएका ओलीले सधै पार्टी नेतृत्वलाई दोष मात्र दिने कार्य गरेको पाइन्थ्यो । फ्रन्ट साइडको राजनिति भन्दा पनि ब्याक साइडको राजनितिमा मजा लिने उनको स्वभाव थियो । आफूले पार्टीमा के भूमीका निर्वाह गरेको छु भन्दा पनि अरुले के गर्दैछन् र उनीहरुको कार्यनितीलाई कसरी बिफल पार्ने धुनमा लागीरहने बानी उनमा थियो भन्छन् , उनी निकट नेकपा नेता ।

परिस्थितीलाई मध्यनजर गरि त्यसलाई समय अनुसार खेलाउन माहिर मानिएका राजनितिका चतुर खेलाडी प्रधानमंन्त्री ओलीले आठौ महाधिवेशनमा त्यसबेलाका महासचिव माधव कुमार नेपाललाई साथ लिएर पार्टीमा राम्रै चलखेल गरेका थिए । उनको सोही चलखेलका कारण संस्थापन पक्षका नेता झलनाथ खनालको टाउको दुखाई बनेका थिए एकताका ओली । ओलीको चार्तुतयता यति सम्म थियो उनको पार्टीका केही बरिष्ठ नेताहरुलाई आफनो गोटी बनाएका थिए भने उनी सोही गोटीहरुलाई प्रयोग गरेर आफनो पल्ला भारी गर्न लागीरहन्थे । पार्टीलाई आफनो पञ्जामा ल्याउन बिभिन्न चालहरु नखेलेका होइनन् । यसका लागी उनले बामदेव गौतम देखी ईश्वर पोखरेलसम्म साथमा लिए । यीनै खेलाडीहरुका कारण प्रधानमंन्त्री ओलीले तत्कालीन एमालेको नवौ महाधिवेशनबाट पार्टीको सत्ता आफ्नो हातमा लिन सफल भए । पार्टी सत्ता हातमा लिने बित्तिकै ओलीको पार्टी राजनितिले राम्ररी मलजोल गर्ने मौका पायो भने उनी पार्टीको लहरो समाउदै पार्टी अध्यक्ष देखी प्रधानमंन्त्री सम्म बन्न पुगे ।

सधै अल्पमतको खेलमा रुमलिएका ओलीलाई एकचोटी जसरी भएपनि बहुमत प्राप्त पार्टीको प्रधानमंन्त्री बनेर देशको राज्यसत्ता आफनो हातमा लिनु थियो । सोही अनुरुप उनले गोटी चाल्न थाले । उनले चालेको पासोमा तत्कालीन एकीकृत माओवादी सहजै पर्यो । त्यही माओवादीको सर्मथनमा त्यसबेलाका प्रधानमंन्त्री सुशील कोइरालालाई हटाएर उनी प्रधानमंन्त्री बन्न सफल भए । पंक्षी आफ्नो पासोमा नआउन्जेल राम्रै चारा हाल्ने पंक्षी फन्दामा परेपछि त्यसको कटाक्ष गर्ने नितीका कारण ओली सँग उनको सर्मथनमा उभिएको माओवादी नेतृत्व भित्रभित्र चिढिइ सकेको थियो ।

बचनको अपरिपक्कताले गर्दा ओलीलाई माओवादीले दिएको सर्मथन फिर्ता लिने तहमा पुग्यो र अन्तमा फिर्ता लियो । र प्रमुख प्रतिपक्षीको भूमीका रहेको नेपाली कांग्रेसको साथ लिएर फेरी नयाँ सरकार बनाउने चाँजो पाँजोमा लाग्यो । यही मौकाको फाइदा उठाउदै नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले प्रधानमंन्त्री बन्ने सपना देखी सकेका थिए । फलत : उनको सपना साकार भयो । सरकारमा गठवन्धनको फाइदा उठाउदै माओवादीले स्थानिय निर्वाचनमा आफनो सिट सुरक्षीत गर्न कांग्रेस सँग गठवन्धनको बाटो रोज्यो । जुन गठबन्धन माओवादीहरुको लागी फाप सिद्ध भएपनि माओवादी तेस्रो स्थानमा खुम्चिन पुग्यो भने काँग्रेसको अफापको बावजुद दोस्रो स्थानमा आफूलाई खुमच्याउन बाध्य भयो ।

माओवादीहरुले आफनो हैसियत गुम्ने अवस्था आएको भान पहिले नै पाएका थिए । जसले माओवादी अध्यक्ष प्रचण्डको माथा गरम भैसकेको थियो । उनी सेफल्यान्डिङको बाटो खोज्न थाले । ढुङ्गा खोज्दा देउता मिले झै पहिलो धारमा रहेको एमाले सँग एकिकरणको बाटो रोज्न माओवादी तयार भयो । र एमाले सँग चुनावी एकता गरेर गएको माओवादीले एकिकरणको स्वाद राम्ररी चाख्यो । जसरी भएपनि नेपाली काँग्रेसलाई भित्तमा पुराउने निती लिएका कम्युनिष्टहरुको मुख्य सुत्रधार भनेका ओली नै थिए । उनकै रणनिती अनुसार यी सारा खेल भएका थिए ।

जसरी भएपनि सत्ताको बागडोर आफनो पोल्टामा पार्ने दाउपेचमा लागेका ओलीले अहिले पार्टी र सत्ता दुबै प्राप्त गरेका छन् । उनको छबि बाहिरी रुपमा राष्ट्रप्रेमी र लोकतान्त्रिक भएपनि उनी भित्री रुपमा तानाशाही कम्युनिष्ट नेताको रुपमा दरिन थालेका छन् । ओलीलाई उनका पिता मोहन प्रसादले राम्ररी बुझन् सकेका रहेनछन् भने सोझा नेपालीहरुले कसरी बुझलान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here