इपीएसमार्फत नेपाली कामदार कोरिया जाँदै

0
143

काठमाडौँ, २७ फागुन । दक्षिण कोरियाले सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लिन सुरु गरेको कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो । कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ) खर्च हुन्छ ।
ऋष्तष्शभल

‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपीएस कार्यालयका एक अधिकारीले कान्तिपुरलाई भने, ‘नियमित तालिकाअनुसार परीक्षा लिइनेछ । नेपालले तोकिएको समयभित्र पारदर्शी ढंगले कामदार भर्नामा सहयोग गरेको भन्दै कोरिया सरकारले दुईपटक अवार्ड दिइसकेको छ । ‘हाम्रो कार्यसम्पादन चुस्त छ । सबै निर्धारीत प्रणालीअनुसार कामदार भर्ना हुन्छ । कामदार भर्ना प्रक्रियामा तेस्रो पक्ष (एजेन्ट) को संलग्नता पनि छैन,’ ती अधिकारीले भने, ‘पारदर्शीपूर्ण कामबाट कोरिया सरकारले कोटा पनि बढाउँदै लगेको देखिन्छ । यसले युवापुस्ताका लागि थप अवसर सिर्जना भएको छ ।  कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here