विराटनगरको ठिटो बन्यो रोजगारीको माध्यम

सुधीर नेपाल

0
190

मनमा अझै पनि स्मृति छ । केही वर्ष अगाडी भारतिय शहर हैदरावादको दिलशुखनगरमा विराटनगरको एक ठिटो संग भेट भयो । निकै हसिलो र मेहिनेती स्वभावको देखीने त्यो ठिटो किताबको ज्ञान भन्दा पनि प्राबिधिक ज्ञान लिने तर्फ ध्यान दिन्थ्यो । हैदरावाद आफै पनि प्राविधिक ज्ञानको खानीको शहर त्यसमा त्यो ठिटोलाई के चाहियो । मोेवाइल र कम्प्युटर भनेपछि केही चाहिदैन्थ्यो । भन्थ्यो दाई सर्टिफिकेट त देखाउने मात्र हो । असली ज्ञान त प्रविधि तर्फ नै छ । भन्दै कम्प्युटरको कि बोर्डमा औला दौडाउन ब्यस्त हुन्थ्यो ।

सुधीर नेपाल

अहिले आएर साच्चै त्यो ठिटोले आफनो मनोभाव पूरा गरेको छ । अहिले उ जन्मस्थल विराटनगरमा मात्र नभई संघीय राजधानी काठमाडौंमा समेत तारिफको पात्र बन्न थालेको छ । प्रकाश इन्फोसेस, श्रीयोग डटकम लगायतका बिभिन्न प्राबिधिक ब्यापार तर्फ उसको ध्यान केन्द्रित हुन् थालेको छ । भने टेक्नोलोजीको यो युगमा सवल नेतृत्व दिन सफल भएको छ । नयाँ÷नयाँ सिप र प्रबिधिहरुको नयाँपनलाई बजारमा ल्याउनु एक मात्र उद्देश्य रहेको बताउँछन् श्रीयोगका संस्थापक प्रकाश उप्रेती । कम्प्युटरको माउस र कि–बोर्डलाई साथी मान्दै प्रबिधिको दुनियाँमा हात हालेका उप्रेती सधै नयाँ/नयाँ प्रबिधिहरुको खोजीमा रहेका हुन्छन् । सुरुवात ताका विराटनगरमा प्रकाश इन्फोसेस नामक कम्पनि खोलेर टेक्नोलोजीको दुनियाँमा हाम फालेका उप्रेतीको श्रीयोग डटकमले अहिले बजार पिटेको छ । यो चल्तीको साइटको रुपमा दरिएको छ ।

देशमा बढिरहेको बेरोजगारीलाई पनि प्रबिधिको माध्यमबाट केही मत्थर गर्न लागीपरेका उप्रेतीको श्रीयोगले रोजगारीको अवसर दिने थालनी गरेको छ । आफनो साइटलाई बेरोजगार युवाहरुले सुचीकृत गरेपछि रोजगारीको अवसर प्राप्त गर्नेछ । जसमा छनौटको अवसर उनले युवाहरुलाई दिएका छन् । बजारमा रहेको बेरोजगार युवा जनशक्तिहरुलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसले देशका बिभिन्न कुनाकाप्चामा रहेका बिभिन्न पेशासँग मिल्ने योग्यताहरु बनाएर सम्पर्क, नाम र नम्वर लिस्टिङ गराउन सकिनेछ । यसले गर्दा युवाहरुलाई रोजगारीका लागी शहरका बिभिन्न स्थानहरुमा आफनो योग्यताको सर्टिफिकेट लिएर दौड्ने बाध्यता कम हुने उप्रेती बताउछन् । यसले समयको पनि बचत हुने रोजगारीको अवसर पनि प्राप्त हुने हुदाँ यो पनि सामाजिक सेवाको दायित्वमा पर्ने उप्रेतीको भनाई छ ।
श्रीयोग डटकम पार्टटाइम काम गर्ने एउटा थलो हो । जसलाई पूर्ण रुपमा प्रबिधिको नयाँ धारणा अनुरुप निर्माण गरिएको छ । यसमा बिभिन्न ७८ समूहमा स्थान अनुसार काम गर्ने ब्यक्तिहरुको बिवरण राखीएको हुन्छ । जसले कुनै पनि काम गर्ने ब्यक्ति खोजीरहनु भएको छ भने त्यस्तो कामदार खोज्ने ब्यक्ति र काम लगाउने ब्यक्तिलाई मोवाइल, एप्स र कल सेन्टरको माध्यमले जोड्ने गर्छ ।

सोझो अर्थमा भन्ने हो भने यसले काम खोज्ने र काम गर्ने ब्यक्ति बिच सेतुको काम गर्छ । संस्थापक उप्रेतीका अनुसार रोजगारी खोजीरहेका युवाशक्तिहरुलाई उनीहरुको सीप र ज्ञानको आधारमा रोजगारीको अवसर जुटाईदिने काम श्रीयोगले गर्छ । यसका साथै वेवसाइट, मोवाइल एप्स, टोलफ्र्रि नम्वर र एसएमको माध्यमबाट सेवा उपयोग गर्न सक्ने ब्यवस्था पनि श्रीयोगले गरेको छ ।

श्रीयोग डटकममा रहेको ७८ समूहले दैनिक जीवनको जुनसुकै क्रियाकलापलाई पनि समेट्ने गरेको छ । बजारको आवश्यकतालाई पहिचान गरेर आफनो सेवाहरु बिस्तार गर्दै लिने योजना रहेको संस्थापक उप्रेती बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here