प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

0
250

फिदिम, माघ २५ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा प्रधानाध्यापकको कुटाईबाट एक
विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटाइबाट सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत रोहित राईलाई घाइते भएका छन् । आफू उक्त कार्यमा संलग्न नरहेको बताएका प्रधानाध्यापक खत्रीले कुटपीट गरेको अभिभावकको भनाइ छ ।

राईले रिगटा लागेको बताइरहेको जिल्ला अस्पतालले जनाएको छ । कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अस्पतालको भनाइ छ ।

विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here