रेष्टुरेन्ट व्यवसायीले १० प्रतिशत सेवा शुल्क हटाए, मजदुर भने आक्रोशित

0
154

काठमाडौं, माघ १५ । अबदेखि रेष्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने भएको छ । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबार बसेको बैठकले सेवा शुल्क नलिने निर्णय गरेको हो।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै रेबानले सेवा शुल्क घटाएको हो । यससँगै रेबानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूले यो निर्णय मंगलबारदेखि नै लागू गर्ने भएका छन् । यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्ने रेबान अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए।

तर, मजदुर भने रेबानको यो निर्णयबाट आक्रोशित भएका छन्। रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क हटाएर व्यवासयीहरुले कर छल्न लागेको उनीहरुको आरोप छ ।

सेवा शुल्कबाट व्यवसायीहरूको संगठनलाई २.५, मजदुरलाई ७१, सम्बन्धित व्यवसायीलाई २४ र मजदुर ट्रेड युनियललाई २.५ प्रतिशत बाँड्नु पर्ने र मजदुर ट्रेड युनियललाई २.५ प्रतिशत दिँदा हिसाब देखाउन पर्ने र हिसाब देखाउँदा कर छल्न गाह्रो परेकाले रेबाले सेवा शुल्क हटाउने निणर्य गरेको उनीहरुको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here