जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं, पुस २७ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी छिन् ।

शुक्रबार पत्रकार सम्मेलन गरेर मन्त्री अर्यालले करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको बताएकी हुन् ।

घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आउन थालेपछि गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो।

तर कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न पाइनेछैन ।

कित्ताकाट खुला गर्ने निर्णय भने अस्थायी भएको मन्त्री अर्यालको भनाइ छ।