विजय चोक क्लबद्वारा ‘ट्राफिक तथा लागु औषध’ सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना

0
66

काठमाडौं, पुस २७ । गौशलास्थित विजय चोक युवा क्लबको आयोजनामा ‘ट्राफिक तथा लागु औषध’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल प्रहरी र अर्किड इन्टरनेशनल कलेजको सह–आयोजना क्लबले अर्किड कलेजमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सवारी सम्बन्धी सचेतनाबारे महानगरीय प्रहरी प्रभाग गौशालाका ट्राफिक प्रहरी निरिक्षक सुनिलजङ्ग शाहले जानकारी दिएका थिए । त्यस्तै लागू औषध सम्बन्धि सचेतनाबारे प्रहरी निरिक्षक खगेन्द्रसिंह साउदले आफ्नो भनाइहरु राखेका थिए । भने सामुदायिक प्रहरी साझेदार विद्यालय पाठ्यक्रम अन्तर्गत प्रहरी निरिक्षक साउँद आफ्नो भनाइहरु राखेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी साथै सर्वसाधरणहरुको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here