विराटनगरमा अज्ञात वस्तु विस्फोट, एक बालकको ज्यान गयो एक घाइते

सांकेतिक तस्विर

विराटनगर, पुस २७ । विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने अर्की बालिका घाइते भएकी छिन् । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको हो । भनेको अर्को एक बालिका घाइते भएकी छन् ।

विस्फोट हुँदा सुवास मण्डलको छोरा अमित मण्डलको ज्यान गएको हो भने राजेश मण्डलकी आठ वर्षीया छोरी राधिका कुमारी पनि घाइते भएकी हुन् ।

घाइते बालिकाको कोशी अञ्चल अस्पतालमा घाइते बालिकाको उपचार भइरहेको छ ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।