टिक टिक (म्युजिकल्ली)बाट हिट भएकी प्रियंका गरुड पुराणकी नायिका

काठमाडौं । आगामी ४ माघमा देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने चलचित्र ‘गरुड पुराण’ मा प्रियंका सिंहको अभिनय रहेको छ ।

सुवास कोईरालाको निर्देशनमा निर्माण भएको चलचित्र गरुड पुराणमा टिक टक (म्युजिकल्ली)मा निकै हिट भएकी नवोदित अभिनेत्री सिंहले पहिलो पटक नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।

टिक टकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो ।

टिक टकमा अभिनय गरेको जस्तो सजिलो फिल्ममा नहुँदो रहेछ, ‘टिक टक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो । तर फिल्ममा क्यामेरासँगै लाईट र विभिन्न कलाकारसँग समुहमा काम गर्दा निकै गाह्रो भएको प्रियँकाको भनाइ रहेको छ ।

पहिलो फिल्ममै आफुले तीन ओटा नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाईलो महसुस भएको पनि उनले बताईन् ।

आफ्नो स्वभाव भन्दा फरक भूमिका यो फिल्ममा निभाउँदाको अनुभवबारे उनले भनिन्,‘गरुड पुराणमा ज्योतीको भूमिका निर्वाह गरेपछि मैले आफुपनि त्यो चरित्र जस्तै सबैसँग घुलमिल भएर बोल्ने र हाक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरें । जसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्र्दैछु ।’

म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियँका अहिले पूण रुपमा सिनेमामै आबद्ध छिन् । गरुड पुरणपछि चलचित्र बृत्तमै अघि बढ्ने योजना रहेको सिंहको भनाइ छ ।