उचित संरक्षण अभावमा पाण्डवका देवल जीर्ण बन्दै

0
175

अमरगढी, पुस २७ । उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् ।

जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् ।

जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाकै देवल नमूना पर्यटकीयस्थल बनाउन सकिने देखिन्छ । देवलदिव्यपुरका देवल द्वापर युगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एक रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती रहेको छ । देवल निर्माण नागमल्ल राजाका पुर्खाहरु राज गरेका बोटे राज्य बनाइएको र उक्त राज्य गर्ने राजा त्रिलचीका तीन भाइमध्येका पृथ्वी पालले गरेका पाइएको छ ।

पृथ्वी पालका जेठा दाजु अजयपाल अजयमेरुकोटमा बसेका कारणले त्यस ठाउँको नाम नै राजा अजयपालको नामबाट अजयमेरुको राखिएको किंवदन्ती रहेको पाइन्छ । त्यस्तै राजा पृथ्वी पालले देवलका छ महीनाका छोरा घुँडा र कुमले हिँडिरहेका बेला मल्ल युद्धजस्तै हिँडिरेहको आफ्नो छोरालाई त्यो दिनदेखि पृथ्वी पालको थर परिर्वतन गरेर मल्ल हुन गएको किंवदन्ती रहेको छ ।

यस देवलका इतिहास पत्ता लगाउन राजा महेन्द्रका पालामा योगी नरहरिनाथ देवल दिव्यपुरमा पुगेपछि त्यसको इतिहास थाहा पाउनका लागि देवल क्षेत्रमा रहेका शिलालेखमा कुनै इतिहास पत्ता लग्न नसकेको स्थानियबासीको भनाइ छ । देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले जस्ताको त्यस्तै लेखिएको शिलालेख छापी राजधानी लगेका थिए ।

यस्तै धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरुको बासस्थानका लागि बनाएका धर्मशाला पनि ओझेलमा पर्न थालेका छन् । अमरगढी नगरपालिका–७ चमामा मूलबाटोमै रहेको तीनकोठे धर्मशालाको उचित संरक्षण हुननसकाले ओझेलमा पर्न थालेका छन् । अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन (नाना सिलङ्गा) रहेको दुईकोठे धर्मशाला पनि छाना भत्किन लागेको छ । यसरी यी ठाउँहरू पहिचान ढल्ने अवस्थामा पुगेका छन् ।

यी ठाउँका संरक्षण गरे आन्तरिक पर्यटकबाट वर्षेनी लाखौँ आम्दानी हुनसक्ने देखिन्छ । सरोकारवालाले उदासिनता देखाएका कारण यी जस्तै नेपालकै चौथौ धाममध्येको पर्शुरामधाम मन्दिर, धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएको स्थानिय बासिले चिन्ता व्यक्त गरेका छन् ।

पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशालासमेत भत्काइ घर निर्माण भएकामा सरोकारवालाले कुनै चासो नदेखाएको देखिन्छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here