लहानका विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान, पुस २७ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई पक्राउ गरेको छ ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा लहानको पड्रिया, मटियर्वा, बर्छवा लगायतका स्थानबाट हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा २४ जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानले जनाएको छ ।

पक्राउ गरिएकामाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको र विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।