आज २९७ औँ पृथ्वी जयन्ती, शाहका बारेमा नकारात्मक टिप्पणी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, पुस २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २९७ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ ।

लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको भएपनि पहिलो पटक सरकरले यसपाली सार्वजनीक विदा दिएको छ । तर पुथ्वी जयन्तीको नाममा नभई राष्ट्रीय एकता दिवसको नामले सार्वजनीक विदा दिईएको बताइएको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायत कार्यक्रममा उपस्थित भएर सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्नुका साथै अन्य कार्यक्रम गरिने छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको सहभागितामा आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्रा गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्व गरेका पृथ्वीनारायण शाहप्रति नकारात्मक टिकाटिप्पणी नगर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

पृथ्वी जयन्तीको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेको तथ्य अकाट्य रहेको उल्लेख गर्दै त्यसलाई कुनै पनि तर्कले खण्डन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । राष्ट्रको एकीकरण कुनै पनि कामभन्दा महान हुने र त्यो काम पृथ्वीनारायण शाहले गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

पृथ्बी नारायण शाहले गरेको नेपाल एकीकरण, नेपालमा न्याय प्रणालीको सुरुवात र राज्य ब्यवस्थापनका दिब्य उपदेशहरु अहिले पनि उत्तीकै सान्दर्भीक मानीएका छन ।

उता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा/नराम्रा कामको विश्लेषण गर्दै पृथ्वी जयन्ती राष्ट्रिय सरोकारको विषय भएकाले गम्भीर भएर देशव्यापी रुपमा छलफल गर्नुपर्ने बताएका छन्, ।

यस्तै प्रदेश नंम्बर ७ का धनगढी, टीकापुर, महेन्द्रनगर, अत्तरीया लगायतका स्थानमा विभीन्न कार्यक्रम गरी पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्ने तयारी भईरहेको छ ।

शाह गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोराका रूपमा १७७९ पुस २७ गते जन्मेका थिए । तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए। तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । शाह १७९९ चैतमा गोरखाको राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा वि.सं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्वतिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरूले पश्चिमतिर सिमाना बढाए । शाहका कान्छा छोरा बहादुर शाहको पालामा नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि १८७२ सम्म वर्तमान भूभागमा सीमित हुन पुगेको थियो ।