मिस नेपाल खतिवडा नेपाल–फ्रान्स सद्भावना दूतमा नियुक्त

काठमाडौं, पुस २६ । मिस नेपाल– २०१८ शृंखला खतिवडा नेपाल र फ्रान्सको सद्भावना दूतमा नियुक्त भएकी छन्। नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा उनलाई दूत नियुक्त गरिएको हो।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई ‘गुडविल एम्ब्यासडर’ नियुक्त गरेको पत्र हस्तान्तरण गरेका थिए।