हवाई इन्धनको मूल्य घट्यो

0
28

काठमाडौं, पुस २६ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएको हो ।

यस अघि प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा रहेको हवाई इन्धनको मूल्य घटेसँगै ९४ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

निगमले केही दिनअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको थियो । एलपी ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here