समितिबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित

0
64

काठमाडौं, पुस २६ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक कांग्रेसको फरक मत हुँदा हुँदै बहुमतले पारित भएको छ ।

पारित विधेयकप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले असहमति जनाएका थिए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच सहमति नभएपछि समितिले बहुमतबाट विधेयक स्वीकृत गरेको छ ।

आज भएको समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्यद्धय गगन थापा र चित्रलेखा यादवले फरक मत राखेका  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here