चलचित्र ‘अनागत’को प्रचारप्रसार तिव्र

काठमाडौं । माघ ११ गतेबाट प्रदर्शनमा आउन चालेको चलचित्र ‘अनागत’ले प्रचारप्रसार कार्यलाई तिव्र पारेको छ । यसैक्रममा चलचित्रको निमार्ण टिमले बुधबार राजधानीमापत्रकार सम्मेलन गरेको छ ।

चलचित्रमा श्रीमान श्रीमतीबीचको घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण गरेको साइकोलोजिकल थ्रिलर फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

चन्द्र के. झा तथा छिरिङ ल्यामु शेर्पाको निर्माणमा बनेको चलचित्रमा प्रियंका कार्की, अर्पण थापा, प्रवीण खतिवडा, बालकलाकार रोसिन सुवेदी लगायतको अभिनय रहेको छ ।