महिन्द्राको गष्टो स्कुटर नेपालमा

काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रि गर्ने महिन्द्राको आधिकारीक विक्रेता अग्नि मोटोन्इक प्रालिले गष्टो स्कुटर पहिलो पटक नेपालमा भित्र्याएको छ ।

पछिल्लो समय नेपालमा सबैभन्दा बढी बिक्रि हुने स्कुटरहरुमा महिन्द्राको स्कुटरको संख्या अगाडी देखिन्छ ।

गष्टो स्कुटर युनिक स्टाइल र पावरफुल इन्जिनयुक्त स्कुटरमा १२५ सीसीको इन्जिन रहेको छ भने ५० किलो मिटर माइलेज दिने कम्पनिको दाबि छ ।

उक्त स्कुटरले ७ हजार आरपीउममा ८.५ बीएचपी अधिकतम पावर दिनुको साथै ५ हजार ५ सय आरपीएममा १० एनएमको टर्क उत्सर्जन गर्छ ।

कम्पनिका अनुसार स्कुटरको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटर रहेकोले खाल्डा खुल्डी सडकमा पनि सजिलै कुदाउन सकिने बताएको छ ।

आर्कषक फिचरका रुपमा सिट एडजष्टेवल सिष्टम रहेको उक्त स्कुटरको मूल्य दुइ लाख दुइ हजार पाँच सय  रहेको छ ।

पहेँलो, रातो, सेतो, निलो र कालो रंगको गष्टो स्कुटर किन्ने पुरुषको संख्या भन्दा महिलाहरुको संख्या बढी रहेको कम्पनिको भनाइ छ ।