ह्यारी केनको गोलमा टोटनहमले चेल्सीलाई हरायो

0
35

काठमाडौं, पुस २५ । टोटनमले चेल्सीलाई पराजित गरेको छ । इएफएल (काराबाओ) कपको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलले पराजित गरेको हो ।

टोटनहमले मंगलबार राति घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको पहिलो लेगमा ह्यारी केनको गोलबाट जित निकालेको हो । खेलको २६ औं मिनेटमा नै पेनाल्टीबाट टोटनह्यामले अग्रता बनाएको थियो ।

पेनाल्टी प्रहार गरेका केनले सजिलै बललाई जाली चुमाउँदै टोटनह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा जनावरी २२ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here