मनाङले ‘इन्भिन्सिबल’ उपाधि जित्न सकेन

0
35

काठमाडौं, पुस २४ । शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितपनि अपराजित रहँदै उपाधि जित्न भने सकेन । लिगको अन्तिम खेलमा मनाङ फ्रेण्ड्स क्लबसँग पराजित भएको हो ।

अपराजित रहँदै ‘इन्भिन्सिबल’ उपाधि जित्न मैदानमा उत्रेको मनाङलाई लिगको अन्तिम खेलमा फ्रेण्ड्स क्लबले १–० गोलले पराजित गरेको हो । यसअघिको १२ खेलमा लगातार जित निकालेको मनाङविरुद्धफ्रेण्ड्सका खेलाडी विकास लामाले इन्जुरी समयमा गोल गरेका हुन् । मनाङले दोस्रो हाफमा गोल गर्ने आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन।

मनाङले लगातार ११ खेल जित्दै दुई खेल अगावै लिगको उपाधि भने पक्का गरिसकेको थियो। जितसँगै मनाङले ट्रफी र नगद ५० लाख पुरस्कार समेत पक्का गरेको छ।

त्यस्तै उपविजेता संकटाले भने नगद ३५ लाख पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here