लिग वान च्याम्पियन पेर्सिजा जाकर्ताले रोहित चन्दसँग थप सम्झौता गर्ने

0
114

काठमाडौं । इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका नेपाली डिफेन्डर रोहित चन्दसँग पेर्सिजा जाकर्ताले सम्झौता थप गर्ने भएको छ । डिफेन्डिङ च्याम्पियन पेर्सिजाका व्यवस्थापकले रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो ।

स्पोर्ट्स पोर्टल बोलास्पोर्ट्समा उल्लेख भएअनुसार पेर्सिजाको प्रवन्ध निर्देशक जेडे विडिएडेले रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको बताएका छन्।

रोहित र पेर्सिजाबीच ३१ डिसेम्बर २०१८ मा सम्झौता सकिएको थियो। रोहित अहिले बिदा मनाउन नेपालमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here