लिभरपुल एफए कपबाट बाहिरियो

काठमाडौँ, पुस २४ । लिभरपुल एफए कपबाट भने बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा लिभरपुल उल्भरह्यामटनसँग २–१ गोलले पराजित भएसँगै एफए कपबाट बाहिरिएको हो ।

उल्भरह्यामटनको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टिमले अग्रता बनाएको थियो । खेलको ३८ औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै उल्भरह्यामटनलाई अग्रता दिलाएका हुन् । तर, खेलको ५१ औं मिनेटमा डिभोक ओरिगीले बराबरी गोल फर्काए । खेलको ५५ औं मिनेटमा लिभरपुलले अर्को गोल खायो । उक्त गोल रुबेन निभ्सले गरेका हुन् । त्यसपछि खेलमा गोल हुन सकेन र लिभरपुल पराजित हुन पुग्यो ।

लिभरपुल यसअघि लिग कपबाट पनि बाहिरिएको थियो ।