चेल्सीले नटिङहम फरेस्टलाई हरायो, आर्सनलको पनि जित

0
34

काठमाडौं, पुस २२ । अल्भारो मोराटाको दुई गोलमा चेल्सीले नटिङहम फरेस्टलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न एफए कपमा अन्तर्गतको खेलमा चेल्सीले नटिङहम फरेस्टलाई पराजित गरेको हो ।

मोराटाले खेलको ४९औ मिनेटमा तथा ५९ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, शनिबार राति नै सम्पन्न अर्को खेलमा आर्सनलले व्ल्याकपुललाई ३–० गोलले पराजित गरेको छ । आर्सनलको जितमा जोसेफ विललकले ११ औं तथा ३७ औं मिनेटमा गोल गरे ।

त्यस्तै, ८७ औ मिनेटमा इओबीले गोल गरे । जितसँगै आर्सनल पनि एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here